३१ जेठ २०८३, आइतबार

बिग बासमा खेल्दै सन्दीप, पारिश्रमिक कम्तीमा ६० हजार डलर

कात्तिक ६, २०७५
बिग बासमा खेल्दै सन्दीप, पारिश्रमिक कम्तीमा ६० हजार डलर

काठमाडौं– नेपालका युवा सनसनी बलर सन्दीप लामिछानेले अस्ट्रेलियाको बिग बास क्रिकेट लिग खेल्ने भएका छन् । उनलाई मेलबर्न स्टार्सले आउँदो सिजनका लागि लिएको छ ।  

सन्दीपले कीर्तिमानी रकममा बिग बास खेल्न लागेका हुन् । उनी बिग बास खेल्ने एसोसिएट राष्ट्रकै पहिलो क्रिकेटर हुनेछन् । १८ बर्षे लेग स्पिनर सन्दीप मेलबर्नबाट दुई सत्रमा खेल्नेछन् । उनी बिग बास खेल्न डिसेम्बर १० मा अस्ट्रेलिया पुग्नेछन् । 

’सन्दीपको पारिश्रमिकबारे सबै टुंगो भने लागेको छैन । प्रतिम्याचका हिसाबमा वा प्रतियोगिताभरिका लागि पनि हुन सक्छ । तर उनले कम्तीमा ६० हजार डलर पाउने छन्’, सन्दीपका व्यवस्थापक एवं नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिस्ट रमन सिवाकोटीले भने ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्