
काठमाडौं — दुई कोरियाहरू र अमेरिकाको नेतृत्वमा रहेको संयुक्त राष्ट्रसंघ कमान्डले सीमावर्ती गाउँबाट हतियारहरू हटाउने सहमति जनाएका छन् । कुनै समयमा दुश्मन रहेका दुई कोरियाबीचको सम्बन्धमा न्यानोपन आएको पछिल्लो संकेत यो हो ।
सउलको रक्षा मन्त्रालयले एक वक्तव्य जारी गर्दै सोमवार भएको त्रिपक्षीय वार्तापछि संयुक्त सुरक्षा क्षेत्रबाट हतियार र गार्डपोस्टहरू फिर्ता गर्ने सहमति बनेको छ । उक्त क्षेत्रलाई पानमुनजोम पनि भनेर चिनिन्छ ।
तीनै पार्टीहरूले अर्को दुई दिनसम्म त्रिपक्षीय संयुक्त सत्यापन गर्ने वक्तव्यमा लेखिएको छ ।
संयुक्त सुरक्षा क्षेत्रमा कुल २५० किलोमिटर फैलिएको छ र त्यहाँ दुवै देशका सैनिकहरू एकअर्काको आमनेसामने बस्ने गरेका छन् ।
द गार्डियनबाट