२४ असार २०८३, बुधबार

अस्कर अवार्डमा भयो ठूलो गल्ती, कोको हुन् दोषी ?

कात्तिक २०, २०७४
अस्कर अवार्डमा भयो ठूलो गल्ती, कोको हुन् दोषी ?
काठमाडौं, १६ फागुन — सर्वोत्कृष्ट फिल्म विजेताको घोषणा गर्नमा ठूलो गल्ती गरेर यस वर्षको अस्कर अवार्डले इतिहासमा अभिलेख राखेको छ ।


गल्तीले ला ला ल्यान्डको नाम घोषणा भएपनि अन्त्यमा मूनलाइटले अस्कर जितेको थियो । यो गल्तीलाई लिएर सामाजिक सञ्जालमा खुबै व्यंग्य भयो ।

मञ्चमा फे डानावे र वारेन बीट्टीले उत्सुकता बढाउने पूरा कोशिश गरे । अन्तिममा फेले ला ला ल्यान्डले पुरस्कार जितेको घोषणा गरिन् ।

ला ला ल्यान्डका निर्माता तथा कलाकारहरू दंग पर्दै पुरस्कार लिन मञ्चमा पुग्दा त्यही फिल्मका एक निर्माताले खासमा मूनलाइटले पुरस्कार जितेको र यो कुनै मजाक नभएको बताए ।

त्यसपछि त लस एन्जलसको कोडाक थिएटरमा हंगामा मच्चियो । गल्ती भएको थाहा पाएपछि बीट्टीले हालत सम्हाल्ने कोशिश गरे ।

उनले भने, ‘के भयो, म भन्छु । मैले खाम खोलें । त्यसमा एम्मा स्टोन ला ला ल्यान्ड लेखिएको थियो । त्यसैले त मैले फेलाई लामो समयसम्म घुरें । म जोक गरिरहेको थिइनँ ।’

समारोह चलाइरहेका जिम्मी किम्मलले मजाक गर्दै भने, ‘म यसका लागि स्टिभ हार्वेलाई दोषी मान्छु ।’ हार्वेले मिस युनिभर्स समारोहमा गलत विजेताको नाम घोषणा गरेका थिए ।

अस्करमा गल्तीको बारेमा थाहा भएपछि समारोहमा उपस्थित व्यक्तिहरूले मूनलाइटलाई बधाई दिए र तालीको गडगडाहटले थिएटर गुञ्जियो ।

कसले गरिदियो त यति ठूलो गल्ती ? फे र बीट्टी यसमा दोषी छन् कि खाम थमाउने मानिस ? फे र बीट्टले ला ला ल्यान्डको नाम पढे पनि त्यो बेस्ट पिक्चरका लागि थिएन, बेस्ट एक्ट्रेसका लागि थियो ।

पछि किम्मलले यसका लागि आफू दोषी भएको बताए । तर फे, बीट्टी र किम्मल सबै यसमा दोषी देखिन्छन् ।

बीबीसी हिन्दीबाट

salt training

कमेन्ट गर्नुहोस्