१४ असार २०८३, आइतबार

गायिकासँग चुम्बन मागेपछि इन्डियन आइडलबाट हटाइएका अनु मलिकका ठाउँमा आए नयाँ जज

कात्तिक ७, २०७५
गायिकासँग चुम्बन मागेपछि इन्डियन आइडलबाट हटाइएका अनु मलिकका ठाउँमा आए नयाँ जज

गायिकामाथि हिंसाको अरोप लागेपछि चर्चित रियालिटी शो इन्डियन आइडल सिजन १० को जजबाट बाहिरिएका अनु मलिका स्थानमा नयाँ जर्ज आएका छन् । 

शो मा नेहा कक्कड, विशाल डडलानी तथा अनु मलिक जजको रुपमा रहेका थिए । तर मीटू अभियानमा क्रममा अनुमाथि सोना माहापात्रले आरोप लगाएपछि सोनी टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै मलिक अब जजको रुपमा नरहेको र नयाँ गायक तथा संगितकारलाई शोमा ल्याइने बताएको थियो । 

अनु मलिकले गीत गाउनका लागि आफूलाई चुम्बन गर्न भनेको श्र्वेता पण्डिले आरोप लगाएकी थिइन् ।

अब अनु मलिकको स्थानमा इन्डियन आइडलमा गायक सलीम मर्चेंटलाई ल्याइने भएको छ । 

स्वयं सलीमले ट्वीटबाट यसको जानकारी दिएका हुन् । उनले लेखेका छन्, इन्डियन आइडलको सुटिङमा जान लागि रहेको छु । 

यो पनि पढ्नुहोस्

अनु मलिक इन्डियन आइडलबाट निक्लिए कि निकालिए ?

 

salt training

कमेन्ट गर्नुहोस्