०३ असार २०८३, बुधबार

जुम्लामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइते

कात्तिक ७, २०७५
जुम्लामा जीप दुर्घटना : ३ जनाको मृत्यु, ४ जना घाइते
प्रतिकात्मक तस्वीर

काठमाडौं –जुम्ला जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ, अन्य ४ जना घाइते भएका छन् ।

जुम्लाको नाराकोटबाट सुर्खेततर्फ जाँदै गरेको भे१ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका वडा नम्बर १ बड्की भन्ने स्थानमा सडकबाट करीब २ सय मिटर तल खसेको जुम्ला प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी जुम्लाको तिला गाउँपालिका वडा नम्बर ३ का लाले सार्की, उनकी श्रीमती जानकी सार्की र ८ महिनाकी बालिका महिमा सार्कीको मृत्यु भएको छ ।

घाइते ४ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लगिँदै गरेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्