
भक्तपुर–बडादशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाका अवसरमा आज राष्ट्रपति विद्यादेवी भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा सरिक भई नवदुर्गा भवानीको पूजाअर्चना गर्नुभएको छ ।
राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले आज अपराह्न ४ बजे मन्दिरमा पुगेर नवदुर्गाको पूजा एवं दर्शन गरेर प्रसाद ग्रहण गर्नुभएको हो ।
त्यसक्रममा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गर्नुभएको थियो । राष्ट्रपति भण्डारीले नवदुर्गाका पुजारी, नाइके र देवगणलाई जनही रु एक हजार पाँचका दरले दक्षिणा प्रदान गर्नुभयो ।







फाेटाे : रासस