३१ असार २०८३, बुधबार

उपराष्ट्रपति पुन अस्पताल भर्ना, शरीरमा सोडियम र पानीको मात्रा कमी

कात्तिक २०, २०७४
उपराष्ट्रपति पुन अस्पताल भर्ना, शरीरमा सोडियम र पानीको मात्रा कमी
काठमाडौं १६ फागुन - रिंगाटा लाग्ने, वान्ता आउने र ज्वरो आउने समस्याका कारण उपराष्ट्रपति नन्दबहादुर पुन थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

चार दिन पहिलेदेखि रिंगाटा लाग्ने, वान्ता आउने, ज्वरो आउने समस्या रहेको र निवासमै उपचार गर्दा समस्या कम नभएपछि हिजो आईतबार राती अस्पताल भर्ना गरिएको उनका सहयोगीहरुले जनाएका छन् ।

पुनको उपचारमा डा. मधु घिमिरे र डा. शिवजी विक्रम शिलवाल सक्रिय छन् । डाक्टरहरुले उनको शरीरमा सोडियम र पानीको मात्रा कमी देखिएको बताएका उनका सहयोगी मनोज घर्तीले जानकारी दिए ।

उपराष्ट्रपति पुनको स्वास्थ्यमा हिजो साँझदेखि नै क्रमिक सुधार आईरहेको अस्पताल स्रोतले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्