
काठमाडौं-सधैं ट्राफिक जाम हुने कोटेश्वर चोक एकाएक सुनसान भयो। चारैतिर गुडिरहेका सवारीसाधन पनि रोकिए। ठूलै आन्दोलनजस्तो गरी प्रहरीले सवारी साधन सञ्चालनमा हतारहतार रोक लगायो। धेरैले अनुमान गरे ठूलै दुर्घटना भयो। सर्वसाधारण यात्रुलाई समेत हिँड्न प्रतिबन्ध लगाइयो। तर त्यो कुनै दुर्घटना थिएन। राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी पो रहेछ। दशैं मनाएर बुधबारै काठमाडौं फर्केका यात्रु पनि एकाएक सडक खाली भएपछि आश्चर्यमा परेका थिए।
राजनीतिक शासन व्यवस्था बदलिए पनि सोच र संस्कार नबदलिएको भन्दै सवारी चालक उत्तम पौडेलले गुनासो गर्नुभयो– ‘गणतन्त्र आए पनि राजतन्त्रको झझल्को जारी नै छ।’ राष्ट्रपतिलाई सुरक्षा दिनुपर्ने आफ्नो मान्यता रहेको बताउँदै उहाँले सुरक्षाको नाममा राजा÷महाराजाकै जस्तो शैली पटक्कै मन नपरेको प्रतिक्रिया दिनुभयो। नेपाल समाचारपत्र दैनिकमा खबर छ ।