काठमाडौं– यस वर्षको विजया दशमी हिजो बुधबारबाट सकिएको छ । तर दशैंका टिकाटालोका विषयमा समाजिक सञ्जालमा बहस भने सकिएको छैन ।
राष्ट्रपतिसँग टीका ग्रहण गर्न पुगेका केही व्यक्तिले घुडा मारेको तस्वीरले सामाजिक सञ्जालमा बहस पैदा गरेको छ । कसैले यसलाई सामन्तवादी मानसिकता भनिरहेका छन् भने कतिपयले मान्यजनसँग झुेकेको भन्दै बचाउ गरिरहेका छन् ।
यो प्रकरणमा कलाकारहरु पनि अछुतो रहने कुरा भएन ।
यसक्रममा अभिनेत्री करिष्मा मानन्धरले सामाजिक सञ्जाल फेसबुक मार्फत राष्ट्रपति आमा सरह हुने भन्दै आमाको अगाडि झुक्नु वा घुँडा मार्नु स्वभाविक भएको बताएकी थिइन् ।
यस्तै हास्य कलाकार केदार घिमिरे –माग्ने बुढा) ले पनि टिका लगाउँदा घुडा मारेको विषयमा कटाक्ष गर्दै सामाजिक सञ्जालमा तस्वीरसहित स्टाटर राखेका छन् ।
सामाजिक सञ्जालमा पोटो राख्दै माग्ने बुढाले लेखेका छन्,‘हामी त दशैं भरी आफ्नै कुर्सी बोकेर टिका लाउन हिडियो, कतै घुँडा टेक्नै परेन ।’
केही दिन अघि पनि उनले राष्ट्रपतिसँग घुँडा मारेर टिका लगाउँदै गरेको पूर्व प्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलील र एक पत्रिकामा प्रकाशित कार्टुन शेयर गर्दै पञ्चायतकालीन तस्वीर र गणतन्त्रकालिन व्यंग्य भन्दै लेखेका थिए ।