
प्रकृतिले मानिसलाई निकै अनमोल बस्तुहरु उपहारमा दिएको छ । त्यसमध्ये एक हो रुद्राक्ष । राशिका अनुसार महंगा रत्न किन्नु सबैको बसमा हुँदैन । तर रुद्राक्ष लगाउनु सहज विकल्प हो ।
करियरलाई राम्रो बनाउन अलग अलग पेशामा जोडिएका मानिसका लागि अलग अलग रुद्राक्ष लगाउनु उत्तम भएको ज्योतिष शास्त्रको भनाइ छ ।
यहाँ हामी कुन रुद्राक्ष तपाईका लागि उत्तम हुन सक्छ भन्ने जानकारी दिइरहेका छौं ।
राजनीतिसँग जोडिएका मानिसका लागि
यदी तपाई राजनीतिसँग जोडिनु भएको छ भने वा तपाईले राजनीतिमा भविष्य देखिरहनु भएको छ भने तपाई १ अथवा १४ मुखे रुद्राक्ष धारण गर्नुहोस् ।
वकिलका लागि
यदी तपाईं वकिल तथा वकालत पेशाका बारेमा सोचिरहनु भएको छ भने ज्योतिष शास्त्रका अनुसार ४,६ वा १३ मुखे रुद्राक्ष धारण गर्नुहोस् यसले तपाईलाई सफलता प्रदान गर्नेछ ।
प्रहरी तथा सैन्य सेवा
प्रहरी तथा सेनामा कार्यरतका लागि र त्यस सेवामा लाग्नका लागि ९, ४ तथा १३ मुखे रुद्राक्ष धारण गर्न उपयुक्त हुन्छ ।
डाक्टर, नर्स र वैद्यका लागि
मेडिकल क्षेत्रसँग जोडिएका वा जोडिन लागेका व्यक्तिका लागि १,७,८ वा ११ मुखे रुद्राक्ष धारण गर्न उत्तम हुने ज्योतिष शास्त्रको भनाइ छ । त्यस्तै औषधिको कारोबार गर्नेले १,७ र १० मुखे रुद्राक्ष धारण गर्दा आफ्नो काममा सफता प्राप्त हुन्छ ।
प्रविधिसँग जोडिएका व्यक्तिका लागि
प्राविधिक क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ७, ८, ९, १०, ११ मुखे रुद्राक्ष उत्तम हुन्छ । यस रुद्राक्षको धारण गर्दा केबल उनीहरुलाई सफलता मात्र होइन नयाँ प्रयोगमा पनि सफलता प्राप्त हुन्छ ।
ठेकेदार र प्रोपर्टी डिलर्सका लागि
ज्योतिष शास्त्रका अनुसार प्रोपर्टी डिलरलाई ११, १३, ३, ४ र १४ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।
विद्यार्थीका लागि
विद्यार्थीले परीक्षामा सफलता र विद्या प्राप्तिका लागि १, ११ र १४ मुखे रुद्राक्ष धारण गर्नु उत्तम मानिन्छ ।
बैंकमा काम गर्नेहरुका लागि
बैंकिङ क्षेत्रमा कार्यरतहरुले ११ र १३ मुखे रुद्राक्ष धारण गर्नु उपयुक्त हुन्छ ।