२८ असार २०८३, आइतबार

बौलाहा स्यालले मच्चायो आतङ्क

कात्तिक ८, २०७५
बौलाहा स्यालले मच्चायो आतङ्क
प्रतिकात्मक तस्वीर

बाजुरा –बूढीनन्दा नगरपालिका–१ राउतवाडामा स्यालले गाउँमै पसेर पशु र मानिसलाई टोक्न थाले पछि स्थानीयवासी आतङ्कित भएका छन् । 

बौलाह स्यालले पशु र मानिसलाई समेत टोक्न थालेपछि स्थानीयवासीले धपाउने प्रयासस गरेपनि स्यालको टोकाइबाट तीन पशु घाइते भएका थिए ।

स्यालले जयरुप गिरीको कुकुर, खेमराज गिरीको बाख्रो र रन्या गिरीको पाठोलाई टोकेको थियो । यता पशु सेवा केन्द्रमा रेबिजविरुद्धको खोपसमेत सकिएको र नयाँ आर्थिक वर्षका लागि खरीद नभएको पशु चिकित्सक भरत जोशीले जानकारी दिए ।

वडाध्यक्ष नृप खत्रीले इलाका प्रहरी चौकी कोल्टीमासो घटनाबारे जानकारी गराउनुका साथै मानिस तथा पशु चौपायालाई सुरक्षित हुन आग्रह गरिएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्