२५ असार २०८३, बिहीबार

२२ वर्षीया युवतीले बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाउन खोजेपछि

कात्तिक ८, २०७५
२२ वर्षीया युवतीले बोक्सी भन्दै महिलालाई मलमूत्र खुवाउन खोजेपछि

सप्तरी–बोक्सी भन्दै छिमेकीलाई मलमूत्र खुवाउन खोज्ने तिरहुत गाउँपालिका– २ मैनाकडेरी बडहराकी एक युवतीलाई प्रहरीले आज पक्राउ गरेको छ । 
गत असोज २२ गते शौचालयबाट लोटामा मलमूत्र ल्याई सोही ठाउँकी ४० वर्षीया महिलालाई खुवाउने प्रयास गरी कुटपिट गरेको आरोपमा २२ वर्षीया सुनिता रामलाई पक्राउ गरी आज जिल्ला अदालतमा पेश गरिएको प्रहरी निरीक्षक प्रतीक विष्टले बताए । 
 पीडितले गत असोज २३ गते इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकी थिइन् । पीडितको प्राथमिक स्वास्थ्य केन्द्रमा सोही दिन उपचार तथा स्वास्थ्य परीक्षण भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्