०५ असार २०८३, शुक्रबार

अदालतले एक करोड २३ लाख जरिवाना र एक वर्ष कैदको फैसला गरेपछि  फरार खड्का पक्राउ

कात्तिक ८, २०७५
अदालतले एक करोड २३ लाख जरिवाना र एक वर्ष कैदको फैसला गरेपछि  फरार खड्का पक्राउ

काठमाडौँ-नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोले भ्रष्टाचार मुद्दामा फरार व्यक्तिलाई पक्राउ गरी जेल चलान गरेको छ । 

ब्युरोको टोलीले पुनरावेदन अदालतको विसं २०५७ कात्तिक २१ को फैसलाअनुसार भ्रष्टाचार मुद्दामा फरार रहेका ललितपुरका ४९ वर्षीय रामकुमार खड्कालाई आज पक्राउ गरी डिल्लीबजार कारागार चलान गरेको हो । 

ब्युरोका प्रहरी नायब उपरीक्षक नीरञ्जनदत्त भट्टले खड्काले रामकुमार अग्रवालको नाममा नक्कली आयातप्रति (एलसी) पत्र बनाएर बैंकलाई हानिनोक्सानी पु¥याएकाले अदालतको फैसलाअनुसार खड्कालाई पक्राउ गरिएको जानकारी दिए । 

अदालतले खड्कालाई रु एक करोड २३ लाख ५३ हजार ८८० जरिवाना र एक वर्ष कैद हुने फैसला गरेपछि खड्का फरार रहेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्