०८ असार २०८३, सोमबार

अन्योलमा कांग्रेस केन्द्रीय समिति, महासमिति सर्ने संकेत

कात्तिक ९, २०७५
अन्योलमा कांग्रेस केन्द्रीय समिति, महासमिति सर्ने संकेत

काठमाडौं– नेपाल विद्यार्थी संघको उमेर हदको विषयलाई लिएर विवाद बढेपछि स्थगित भएको कांग्रेस केन्द्रीय समिति बैठक अनिश्चित बन्दै गएको छ । 
कांग्रेसभित्रको संस्थापन पक्षले नेविसंघ विधानमा ३२ वर्षे उमेर हद लगाउने बहुमतले निर्णय गरेपछि केन्द्रीय समिति बैठक बस्न सकेको छैन । जसका कारण ५ देखि ९ मंसिरका लागि तय भएको महासमितिसमेत सर्ने सम्भावना बढ्दै गएको छ ।

१६ कात्तिकअघि केन्द्रीय समिति बैठक बस्ने अवस्था नरहेकाले तोकिएकै मितिमा महासमिति हुने सम्भावना घट्दै गएको संस्थापन पक्षकै एक नेताले बताए । राजधानी दैनिकमा खबर छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्