०५ असार २०८३, शुक्रबार

राजधानीमा भएको दुर्घटनामा दुईको मृत्यु

कात्तिक २०, २०७४
राजधानीमा भएको दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, १६ फागुन - यहाँ आज भएको छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।accident

तारकेश्वर नगरपालिका–१० बालाजुमा बा ३ ख ६५१ नं को बसले बा ७२ प ६६६१ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार गङ्गामाया फुयाँलको उपचारका क्रममा महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । यस्तै मोटरसाइकल चालक राजकुमार फुयाँलको भने उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी थानकोट सरस्वतीस्थानमा नं नखुुलेको गाडीले ठक्कर दिँदा घाइते भएका कान्छा राना मगरलाई उपचारका लागि वीर अस्पताल लैजाने क्रममा मृत्यु भएको छ । ठक्कर दिने सवारी साधनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्