काठमाडौं। गायिका मेलिना राईको आवाजमा नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । ʻवैंशै बेइमानी’ बोलको गीतमा उनले आवाज मात्र दिएकी छैनिन् भिडियोमा आफैले अभिनय पनि गरेकी छिन् । यो गीतको भिडियो बिहीबार मेलिनाकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
पूर्वेली मारुनी भाकामा तयार पारिएको गीतमा राजुबाबु श्रेष्ठको शब्द, राजनराज शिवाकोटीको संगीत सुन्न सकिन्छ ।
भिडियोलाई शान थापाले निर्देशन गरेका हुन् । अर्जुन तिवारीको छायाँकन रहेको भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन । हेर्नुहोस् भिडियोः