०९ असार २०८३, मंगलबार

आलु रोप्ने सिजनमा इलाममा मल अभाव

कात्तिक ९, २०७५
आलु रोप्ने सिजनमा इलाममा मल अभाव

इलाम – हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् । 

मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको कृषि सामग्री संस्थान कार्यालयका प्रमुख गोमा राईले बताए । “तिहारपछि मात्रै डिएपी मल उपलब्ध गराउन सक्छौं,” उनले भने ।

संस्थानले जिल्लाका ४३ सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएको छ । एक पटकमा एउटा सहकारीलाई युरिया, डिएपी र पोटास एक/एक बोरा उपलब्ध गराउँदै आएको छ ।

जिल्लामा युरिया प्रतिबोरा रु एक हजार १४, डिएपी रु दुई हजार ३६४ र पोटास रु एक हजार ६६४ मा डिपोबाट बिक्री गरिँदै आएको छ ।

युरिया ७५ मेट्रिक टन तथा पोटास दुई मेट्रिक टन मौज्दात रहेको संस्थानका कार्यालय प्रमुख राईले बताए ।

salt training

कमेन्ट गर्नुहोस्