०९ असार २०८३, मंगलबार

आफ्ना छोराछोरीलाई कोकाकोला मात्र पिउन दिने व्यक्ति पक्राउ

कात्तिक ९, २०७५
आफ्ना छोराछोरीलाई कोकाकोला मात्र पिउन दिने व्यक्ति पक्राउ

काठमाडौं — फ्रान्समा आफ्ना दुई बच्चाहरूलाई कोलाकोला मात्र पिउन दिने एक पितालाई जेल पठाइएको छ । 

फ्रेन्च भिक्टिम्स नामक संगठनका प्रतिनिधि र बच्चाहरूको पक्षकी वकिल क्यारोल पापोनले पिताले लेखपढ गर्न नजान्ने र परिस्थितिको गम्भीरतालाई नबुझ्ने अनि आफ्नो सबै कमाइ जाँड पिउनमै खर्च गर्ने बताइन् । 

यो परिवारले सरकारको सहयोग रकम (वेल्फेयर मनी) पाउने गर्थ्यो । पैसा पाएको केही दिनभित्रै परिवारसँग खानपिउन केही पनि हुँदैनथियो । 

पत्नी र बच्चाहरूलाई कुटपिट गर्ने पितालाई लिमोजमा बुधवार अदालतले तीन महिनाको कारावास सजाय दिएको छ । लगातार कोक पिएकाले ठूलो छोरोका सातवटा दाँतहरू कुहिएका छन् भने कान्छो छोरो बोल्नै नसक्ने भएको छ । 

दुवै बच्चाहरूलाई फ्रेन्च भिक्टिम्सले स्याहार गरिरहेको छ र मासु तथा सागपात खान दिइरहेको छ । 

सरकारी वकिलले बताए, ‘उनीहरूको फ्ल्याटमा केही पनि थिएन । कुनै फ्रिज पनि थिएन । बच्चाहरू भुइँमा तन्ना ओछ्याएर सुत्थे । उनीहरूसँग खेल्नका लागि एउटा पनि खेलौना थिएन । पिता उनीहरूलाई खानका लागि केक र
कोकाकोला दिने गर्थ्यो ।’

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्