
काठमाडौं– निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले वैधानिकता पाएको छ ।
निर्वाचन आयोगले नाम विवाद टुंग्याउँदै नेकपाको नामलाई वैधानिकता दिएको हो ।
तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकताभएपछि बनेको दलको नाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) राखेपछि ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विरोध गरेको थियो ।
कट्टेलले एमाले र माओवादी एकता भएर राखेको नाम आफ्नो पार्टीसँग जुध्ने गरि रोखेको भन्दै खारेज गर्न माग गर्दै आयोगमा निवेदन दिएका थिए ।
निर्वाचन आयोगमा शुक्रवार बसेको प्रमुख आयुक्त अयोधीप्रसाद यादव, आयुक्तहरुको बैठकले दुई दलको फरक अस्तित्व देखिएको भन्दै सत्तारुढ दलको नामलाई बैधानिकता प्रदान गरेको हो ।
गत जेठ ३ गते पार्टी एकता घोषणासँगै नेकपा नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन पर्योत् । आयोगमा सो नामको दल त्यसअघि नै दर्ता भइसकेको थियो । जसको अध्यक्ष हुन्, ऋषि कट्टेल ।
एउटै नाममा दुई वा सो भन्दा बढी दल दर्ता गर्न नमिल्ने कानूनी प्रवधानका कारण निर्वाचन आयोग पुगेको सत्तारुढ दलको टोलीले नेपाल कम्युनिस्ट पार्टीनामको दल दर्ताका लागि निवेदन दियो ।
मुनि अन्डरलाइन राखिए पनि नाम एउटै थियो । यसबीचमा सामाजिक सञ्जालमा अण्डरलाइन नेकपा भनेर खिस्सी गर्ने क्रमसमेत शुरू भइसकेको थियो ।
अन्तत त्यसमा केही परिमार्जन गरेर ुनेपाल कम्युनिस्ट पार्टी ९नेकपा०ु नामबाट आयोगमा दल दर्ता भयो । त्यसपछि साम्य भएको ठानिएको नेकपाको नाम विवाद फेरि एकपटक सतहमा आएको छ ।
नेकपाका अध्यक्ष ऋषि कट्टेलले एउटै नाममा अर्को दल दर्ता गर्ने आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् । बुधवार आयोगले दुवै दलका नेताहरूलाई बोलाएर यस विषयमा छलफल समेत गरेको थियो । तर छलफल निष्कर्षमा पुग्न सकेन ।