२३ असार २०८३, मंगलबार

शिरदेखि पैतालासम्म मासुका पोका, छटपटिँदै बित्छ हरेक रात

कात्तिक १०, २०७५
शिरदेखि पैतालासम्म मासुका पोका, छटपटिँदै बित्छ हरेक रात

जनकपुरधाम- ‘भनिन्छ, दैव दाहिना नभए कसको के लाग्छ र ! दैवको देन होस् वा मेरो कर्मको फल, जे छ, त्यो त छँदै छ तर मैले जस्तो पीडा अरू कसैले भोग्न नपरोस् भन्ने भगवान्सँग म कामना गर्छु । यो निको नहुने रोगको भुमरीमा अथाह दुःख र कष्टसाथ जिउने मैले अठोट गरिसकेको छु,’ महोत्तरी गौशाला नगरपालिका– १ का धनेश्वर महतो आफ्नो पीडा यसरी सुनाउँछन् ।

उनको शरीरको प्रायः सबै भागमा मासु पलाएको छ । आफूलाई हेर्दा र हिँडडुल गर्दा उनी आफंैलाई दिक्कलाग्दो रहेछ । उनले भने, ‘मलाई देखेर अरूले फर्कीफर्की कुरा काट्दै नहेरून्, बालबालिका नडराऊन् कसैले छिःछि दूर–दूर नगरुन् भन्ने मलाई पनि लागेको छ तर वर्षाैंदेखि यो अथाह पीडाको सागरमा घरपरिवार तथा छोराछोरीको माया एवं स्नेहका कारण बाँच्दै छु ।’
आफ्नो शरीरमा पलाएको मासु देखेर साथीहरूले समेत घिन मानेपछि १० कक्षा उत्तीर्ण नगर्दै उनले पढाइ यात्रा टुंग्याउनुप¥यो । ‘साथीहरू मलाई देखेर परपर भागेको, घिन मानेको सहनै सकिनँ, स्कुल जानै छाडें । सँगै पढेका साथीहरू अहिले कहाँकहाँ पुगिसके,’ उनले गुनासो गरे ।

उनको शिरदेखि पैतालासम्म जताततै मासुको पोको (डल्लो) छ । मकैको दानादेखि अन्डा वा आलुजत्रा मासुका थैला सुत्दाबस्दा पोको पेलिएर असह्य दुख्छ । सुत्न बस्न नमिलेर छटपटिँदै रात काट्दाको सकस बयान गरी साध्य नभएको उनी बताउँछन् । राजधानी दैनिकमा विस्तृतमा खबर छापिएकाे छ । 

salt training

कमेन्ट गर्नुहोस्