
मुम्बई– बलिउड अभिनेत्री दीपिका पादुकोणको सुन्दरताको बयान गर्नेहरु भारतीयमात्रै नभई सारा विश्वभरिका छन् । बलिउडबाट हलिउडसमेत तताइसकेकी दीपिकाको लुक्स र फेसनको व्यापक चर्चा हुने गर्छ ।
तर, तपाईलाई यो कुरा थाहा नहुन सक्छ, उनले आफ्नो सुन्दरतामा निखार ल्याउनको लागि ‘स्किन लाइटिङ ट्रिटमेन्ट’ को सहयोग लिएकी थिइन् । उनीमात्रै होइन प्रियंका चोपडा, विपाशा बशु, शिल्पा शेट्टी,लगायतका चर्चित अभिनेत्रीले समेत यस्तो उपचारको सहयोग लिइसकेका छन् ।
स्किल एण्ड हेयर यू ब्यूटी क्लिनिक, दिल्लीका डाइरेक्टरका अनुसार यसबाट शरीरको छालाको रंग सफा बन्छ । यस उपचारमा ब्लिचिङको रुपमा हाइड्रोक्वीनाइनको प्रयोग हुनेगर्छ । यो लगाएपछि छालाको कालोपना हट्दै जानेछ भने सुन्दरतामा निखार ल्याउने छ ।






