१८ असार २०८३, बिहीबार

जीप दुर्घटनामा घाइते भएका डीआइजीको उपचारका क्रममा मृत्यु

कात्तिक १०, २०७५
जीप दुर्घटनामा घाइते भएका डीआइजीको उपचारका क्रममा मृत्यु

काठमाडौं– सवारी दुर्घटनामा घाइते भएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुशील भण्डारीको मृत्यु भएको छ । 

काभ्रेको मण्डन देउपुर नगरपालिकाको ढकालथोकमा शनिवार दिउँसो भएको जीप दुर्घटनाका क्रममा घाइते डीआइजीको धुलिखेल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले लोकान्तरलाई जानकारी दिए ।

दुर्घटनामा अन्य दुई जनाको निधन भएको थियो । 

काभ्रेपलाञ्चोकको मण्डन देउपुर नगरपालिका–६ ढकालथोकमा दिउँसो बा ३ च २८७ नं को ल्याण्डक्रुज जीप दुर्घटना हुँदा पत्रकार जीवन पराजुलीसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको थियाे । दुर्घटनामा जीपका चालकसहित अन्य ४ जना घाइते भएकाेमा डीअार्इजी भण्डारीकाे उपचारका क्रममा मृत्यु भएकाे हाे । अन्य घाइतेकाे धुलीखेल अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरी प्रधान कार्यालयअन्तर्गत अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी भण्डारी एक निजी कार्यक्रममा सहभागी हुन शनिवार मण्डन देउपुर गएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्