१४ असार २०८३, आइतबार

रेडपाण्डाको छालासहित एक जना पक्राउ

कात्तिक ११, २०७५
रेडपाण्डाको छालासहित एक जना पक्राउ

बाँके-रेडपाण्डाको (हाब्रे)छालासहित प्रहरीले गए राती कोहलपुर नगरपालिका–२ मुगाली बस्तीबाट सोही स्थानका ३१ वर्षीय मानबहादुर शाहीलाई पक्राउ गरेको छ । 

प्रदेश नं ५ प्रहरी अनुसन्धान व्यूरोको टोलीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलका अनुसार दुई थान रेडपाण्डाको छालासहित शाहीलाई उनकै घरबाट नियन्त्रणमा लिइएको हो ।

बरामद छाला र शाहीलाई थप अनुसन्धानका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्