१३ असार २०८३, शनिबार

पाकिस्तानका पूर्वन्यायाधीशको नाममा २२ सय कार भेटिएपछि हंगामा

कात्तिक ११, २०७५
पाकिस्तानका पूर्वन्यायाधीशको नाममा २२ सय कार भेटिएपछि हंगामा

काठमाडौं — पाकिस्तानका एक पूर्वन्यायाधीश सिकन्दर हयातलाई आफ्नो नाममा २२ सय कार दर्ता भएको शनिवार थाहा भएको छ । 

हयातका वकिल मियाँ जफरले पाकिस्तानको सर्वोच्च अदालतलाई आफ्नो पक्षले एउटा मात्र कार किनेको बताए । 

पाकिस्तानी पत्रिका डनले छापेको खबरअनुुसार, वकिलले मियाँ जफरले भने, ‘मेरो पक्षको नाममा २२ सय २४ वटा कार दर्ता गरिएका छन् । केही दिनअघि मेरा पक्षले कारको एउटा पुर्जी भेटे । त्यो कार उनले किनेका पनि थिएनन् ।’ 

पञ्जाब एक्साइज एन्ड एक्सटेन्सन डिपार्टमेन्टले यसबारेमा जानकारी दिएपछि हयात २२ सय २४ गाडीको मालिक भएको पत्ता लाग्यो ।

पाकिस्तानको सर्वोच्च अदालतले पञ्जाब एक्साइज डिपार्टमेन्टका सचिव र निर्देशकलाई यस विषयमा एक रिपोर्ट दर्ता गर्न निर्देशन दिएको छ । अदालतले एक हप्ताभित्र यो रिपोर्ट दिन भनेको छ । पाकिस्तानमा यतिखेर बेनामी
सम्पत्तिको विवाद चर्किएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्