०५ असार २०८३, शुक्रबार

लुक्ला विमानस्थलमा हवाइ उडान अवरुद्ध

कात्तिक २०, २०७४
लुक्ला विमानस्थलमा हवाइ उडान अवरुद्ध
सोलुखुम्बु, १७ फागुन- मौसम खराबीका कारण चार दिनदेखि पर्यटकीय बजार लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाइ उडान अवरुद्ध भएको छ।

बाक्लो कुहिरोका कारण विमानस्थलको दृश्यता कम हुँदा उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ। पर्यटकीय मौसम सुरु भइसकेको अवस्थामा नियमित उडान अवरुद्ध हुँदा पर्यटक तथा स्थानीय व्यवसायी प्रभावित भएका छन्।

अहिले सबै विमान कम्पनीका गरी दैनिक १०/१२ वटासम्म उडान तालिका हुने गरेकामा सबै उडान प्रभावित भइरहेको तारा एअर फाप्लुका इन्चार्ज फुनुरु शेर्पाले जानकारी दिए।

पर्यटकीय मौसम सुरु हुँदै गरेका कारण जाडो छल्न जिल्ला बाहिर गएका व्यवसायी फर्कन थाल्नाका साथै अहिले दैनिक ४०/५० विदेशी पर्यटक सगरमाथा क्षेत्रमा आउन थालेको लुक्लाका व्यवसायी दोर्जी शेर्पाले जानकारी दिए।

सगरमाथा क्षेत्रको भ्रमण सकेर फर्कन लागेका करिब एक सय विदेशी पर्यटक लुक्लामै रोकिएका छन् । आज पनि बिहानैदेखि बाक्लो कुहिरो लागेका कारण उडान हुने सम्भावना न्यून छ। रासस

salt training

कमेन्ट गर्नुहोस्