
काठमाडौं – ग्लोबल आईएमई बैंक लिमिटेडको मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट’ मार्फत् क्यूज सिनेमाको २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्रदान गर्ने योजना ल्याएको छ ।
योजना अन्र्तगत ग्लोबल आईएमई बैंकका ग्राहकले ग्लोबल स्मार्ट एप्लिकेसनको क्यूआर कोडमार्फत् क्यूज सिनेमाको टिकटको रकम भुक्तानी गर्दा २ वटा टिकटको खरिदमा १ वटा टिकट निःशुल्क प्राप्त गर्ने छन् ।
राजधानीको दरबारमार्ग राइजिङ्ग मलमा रहेको क्यूज सिनेमाको टिकट खरिदमा पहिलो पटक ग्लोबल आईएमई बैंकको क्यूआर कोडमार्फत् रकम भुक्तानी हुन लागेको हो ।
ग्लोबल आईएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यले १ सय ३२ शाखा, १ सय ४० एटीएम, ६ एक्सटेन्सन काउन्टर, १५ राजस्व संकलन काउन्टर, १ सय ४ शाखारहित बैंकिङ सेवा र देशबाहिर ३ प्रतिनिधि सम्पर्क कार्यालयमार्फत् आफ्ना ९ लाख ५० हजारभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईबर बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, इन्टरनेट बैंकिङ सेवाको साथमा अस्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि सम्पर्क कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, यूएई, बहराइन, जोर्डन, अस्ट्रेलिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आइरहेको छ ।