
काठमाडौं — अमेरिकाको दक्षिण क्यारोलाइनामा पागल प्रेमीको एउटा सनसनीखेज घटना सार्वजनिक भएको छ । घटनाको समाचार पढेर तपाईंको रौं ठाडो हुनेछ ।
सामाजिक सञ्जालमा एक युवतीले एक वर्षपहिले आफूमाथि भएको दुर्घटनाको पीडादायक तस्वीर सार्वजनिक गरेकी छन् । आफ्नो पूर्वप्रेमीले एक क्षणमा आफ्नो जीवन नर्क बनाइदिएको उनले बताइन् ।
पूर्वप्रेमीले दाँतले टोकेर आफ्नो तल्लो ओठै छिनाइदिएका थिए । त्यो आक्रमणको निशान ओठमा मात्र नभई आफ्नो मनमै अहिलेसम्म गाडिएको उनको भनाइ छ । नयाँ प्रेमीले आक्रमणको निशान देखोस् भनेर पूर्वप्रेमीले यो दानवीय काम गरेको युवतीको भनाइ छ ।
घटनापछि युवतीको मुखबाट लगातार रगत चुहिएको थियो । तर निर्दयी प्रेमी उनको अगाडि उभिएर मुस्काइरहे ।
युवतीको नाम काइला हेस हो । उनले धनी बाउको छोरो हारून फ्लेरीसँग सन् २०१६ मा डेटिङ शुरू गरेकी थिइन् र यो सम्बन्ध जम्मा एक वर्ष टिक्यो ।
काइलाका अनुसार, फ्लेरी उनलाई आफ्नो सम्पत्ति जस्तो गरी प्रयोग गर्न चाहन्थ्यो । ऊ सानो सानो कुरामा रिसाउँथ्यो । उसमा प्रेम भन्दा पनि वासना बढी झल्किन्थ्यो । फ्लेरीको यस्तो हर्कत देखेर काइलाले उनलाई छोडिन् ।
तर केही हप्ताअघि ऊ काइलालाई भेट्न आयो । जलसेना ज्वाइन गर्नुअघि एकचोटि भेट्न चाहेको उसले बतायो ।
ऊ कार लिएर काइलालाई भेट्न आयो । अनि उसले एउटा कार्डमा फर्केर आऊ भनी लेख्यो । काइलाले नमानेपछि फ्लेरीले दाँतले टोकेर उनको ओठै छिनाइदियो । ओठ काटिएर सडकमा झ–यो ।
एजेन्सी