०६ असार २०८३, शनिबार

इन्डोनेसिया विमान दुर्घटनामा परेका यात्रुको शरीर पानीमुनि खोजिँदै

कात्तिक १३, २०७५
इन्डोनेसिया विमान दुर्घटनामा परेका यात्रुको शरीर पानीमुनि खोजिँदै

काठमाडौं — सोमवार बिहान इन्डोनेसियाको जकार्तानजिकको समुद्रमा दुर्घटनाग्रस्त भएको लायन एयरका १८९ यात्रुको शरीर तीव्र गतिमा खोजी भइरहेको छ । 

दुर्घटनास्थलबाट मानव अवशेषहरू फेला परेका छन् । तटभन्दा १५ किलोमिटर पर दुर्घटनास्थल छ । अधिकारीहरूका अनुसार, खोजी तथा उद्धार टोलीहरूले जाभा तटनजिकका कैयौं क्षेत्रमा ध्यान केन्द्रित गरिरहेका छन् । त्यहाँ नै
अधिकांश यात्रुको शरीर रहेको अपेक्षा छ । बाँचेका कोही पनि फेला पार्ने अपेक्षा छैन । 

यात्रुवाहक विमान जकार्ताबाट तिनमिनिङ क्षेत्रतर्फ जाँदै थियो । विमान उडेको १३ मिनेटभित्र एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गुमाउन पुगेको थियो । फ्लाइट डाटा हेर्दा विमान अचानक तीव्र गतिमा समुद्रमा खसेको देखिन्छ ।
दुर्घटनाको कारण पत्ता लागेको छैन । 

खोजी टोलीले १० वटा झोलामा शरीरका भाग भरेका छन् । अन्य १४ झोलामा सामानका टुक्राटाक्री भरिएका छन् । 

विमान पानीमुनि ३० देखि ३५ मिटरसम्म पुगेको थियो र गोताखोरहरूले विमान भएको हुनसक्ने क्षेत्रमा खोजी गरिरहेका छन् । खोजी सात दिनसम्म चल्नेछ र त्यतिखेरसम्म पनि विमान नभेटिएमा तीन दिन थपिनेछ ।

द गार्डियनबाट

salt training

कमेन्ट गर्नुहोस्