
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा चीन लैजान लागिएको १ लाख २६ हजार ४ डलरसहित एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अमेरिकी नागरिक ईडी ४८२९४७८ नम्बरको राहदानी वाहक चिनियाँ नागरिक इरसा रहेको प्रहरीले जनाएको छ ।
काठमाडौंबाट चीनको गन्झाओ जान लागेको उनलाई डिपार्चर एरियाबाट लगेजभित्र अवैध रुपमा डलर लुकाएर लैजान खोज्दा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेका इरसामाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।