
काठमाडौं – शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै सन्देश जारी गर्दै आफू छिट्टै निको भएर काममा फर्किने जानकारी गराएका छन् ।
मंगलवार एक सन्देश जारी गर्दै प्रधानमन्त्रीले लेखेका छन्– 'चिकित्सकहरूले मलाई दिनुभएको जानकारीअनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाईंहामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु । विगतमा झैं समग्र देशबासी दिदीबहिनी–दाजुभाइहरूको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु ।'
हेर्नुहोस्, पूरा सन्देश :
