
काठमाडौं, फागुन १७– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमतिका लागि मधेसी मोर्चाको बैठकमा नयाँ प्रस्ताव अघि सारेका छन् । बालुवाटारमा भएको मोर्चा–सत्तारुढ दलको बैठकमा प्रमले स्थानीय तहको निर्वाचनपछि मात्रै संविधान संशोधन गर्ने प्रस्ताव अघि सारेका हुन् ।
तर प्रमको सो प्रस्तावमा मोर्चाले असहमति जनाएको छ ।
तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले आफूहरु पूरानै अडानमा कायम रहेको बैठकपछि सञ्चारकर्मीहरुलाई बताए ।
मोर्चाले संविधान सशोधन भएमात्रै निर्वाचन हुन सक्ने धारणा राख्दै आएको छ ।
माओवादी प्रवक्ता पम्फा भूषालका अनुसार यथास्थितिमा संविधान संशोधन प्रस्ताव अघि बढाइए पारित हुने अवस्था नरहेकाले स्थानीय तहको निर्वाचनमा जान मधेशी मोर्चालाई सहमत हुन आग्रह गरेको बैठकपछि बताइन् ।
बैठकमा मोर्चालाई सहमतिमा ल्याउने प्रयासस्वरुप स्थानीय तहको संख्या बढाउने विषयमा समेत छलफल भएको बताइएको छ ।