३० जेठ २०८३, शनिबार

निक जोनसको यो सन्देश पढेर प्रियंकाले बिहे गर्न मानेकी थिइन्

कात्तिक १४, २०७५
निक जोनसको यो सन्देश पढेर प्रियंकाले बिहे गर्न मानेकी थिइन्

काठमाडौं — बलिउड अभिनेत्री प्रियंका चोपडा छिट्टै नै अमेरिकी गायक निक जोनससँग बिहे गर्दैछिन् । 

अहिलेसम्म मानिसहरूलाई प्रियंका र निकको भेटघाट सन् २०१७ मा मेट गाला समारोहमा भएको मात्र थाहा छ । त्यसपछि नै उनीहरू सँगै छुट्टी बिताउन थाले र सार्वजनिक समारोहमा सँगै देखिन थाले । अनि उनीहरूको अफेयरको चर्चा हुन थाल्यो ।

तर प्रियंका र निकको अफेयरको शुरूआत एउटा टेक्स्ट मेसेजबाट भएको थियो । 

प्रियंकाले इन्टरटेनमेन्ट वीक्लीसँग कुराकानी गर्दै सम्बन्धमा पहिलो कदम उनले नभई निकले बढाएको बताइन् । 

निकले एउटा टेक्स्ट मेसेज पठाए जसमा लेखिएको थियो, ‘हामीहरूले एकअर्कालाई भेटघाट गर्नुपर्छ भन्ने मलाई लाग्छ ।’ त्यसपछि प्रियंका र निकबीच कुराकानी हुन थाल्यो र त्यो टीकटालो हुँदै बिहेसम्म पुगिसकेको छ । 

प्रियंकाको बिहेको तयारी शुरू भइसकेको छ । त्यसअघिका संस्कारहरू चलिरहेका छन् । हालैको उनको ब्राइडल सेरेमनी भयो जसमा प्रियंकाले आफ्नी आमा र सासूसँग नाचेकी थिइन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्