
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भएको अस्पतालले जनाएको छ ।
बुधबार(आज) विज्ञप्ति जारी गर्दै अस्पतालले प्रधानमन्त्रीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको जनाएको हो ।
प्रधानमन्त्री ओलीको बुधबार विहानको स्वास्थ्य परीक्षण रिपोर्टहरु सन्तोषजनक रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
सोमबार अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी ओलीको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा डा अरुण सायमी नेतृत्वको चिकित्सकको टोलीले उपचार गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीले बुधबार विहान रक्षामन्त्री इश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापासँग अस्पतालमै छलफल गरेका छन् । प्रधानमन्त्रीले पछिल्लो राजनीतिक अवस्था र सुरक्षाका विषयमा कुराकानी गरेको स्रोतले बतायो ।