२३ जेठ २०८३, शनिबार

लौ भन्नुस्, यो बिरालो हो कि काग ?

कात्तिक १४, २०७५
लौ भन्नुस्, यो बिरालो हो कि काग ?

काठमाडौं — इन्टरनेटमा मानिसहरू एउटा तस्वीरका बारेमा खुबै बहस गरिरहेका छन् । तस्वीरमा देखिएको प्राणी काग हो कि बिरालो भनी मानिस रनभुल्ल परेका छन् ।

खासमा यो कालो बिरालो हो । तस्वीरलाई ध्यान दिएर हेर्नुभयो भने उसको दोस्रो आँखा तलतिर फर्किएको छ । तपाईंलाई कागको चुच्चो जस्तो लागेको कुरो खासमा बिरालोको कान हो । टाउकोमा कागको नक्कली आँखा राखिएको हो ।

गूगल रिभर्स इमेज सर्च गरेर हेर्दा चाहिँ यो अमेरिकी काग भएको पत्ता लाग्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्