१४ असार २०८३, आइतबार

कृषकलाई गहुँको बीउ अनुदानमा

कात्तिक १४, २०७५
कृषकलाई  गहुँको बीउ अनुदानमा

बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिकाले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउने भएको छ । 

नगरपालिकाको मङ्गलबार बसेको कार्यपालिकाको ४७औँ बैठकले किसानलाई गहुँको बीउमा ४० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेको हो । अनुदानको कार्यविधिलगायतका अन्य व्यवस्था मिलाउन १४ नम्बर वडाध्यक्ष सोहनप्रसाद थारूको संयोजकत्वमा समिति गठन गरिएको छ । 

सहकारी संस्थासँग समन्वय गरेर सिफारिश गरिएको उन्नत जातको गहुँ बीउ किसानलाई अनुदानमा उपलब्ध गराउने निर्णय गरिएको नगर प्रमुख वासुदेव घिमिरेले जानकारी दिए ।

नगरपालिकाको कृषि विकास समितिले किसानलाई अनुदानमा गहुँको बीउ उपलब्ध गराउन सिफारिश गरेको थियो । तिलोत्तमा नगरपालिकामा झण्डै ७०० क्विन्टल गहुँको बीउ आवश्यक पर्ने अनुमान गरिएको छ ।

अनुदानको बीउ सबै किसानले प्राप्त गर्ने गरी व्यवस्था मिलाइने नगरपालिकाले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्