१० साउन २०८३, आइतबार

कांग्रेस उपसभापति निधिले भेटे रामनगर गोलीकाण्डका घाइते

कात्तिक १४, २०७५
कांग्रेस उपसभापति निधिले भेटे रामनगर गोलीकाण्डका घाइते

मलंगवा – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले सर्लाहीको रामनगर गाउँपालिका–४ मा भएको गोलीकाण्डका घाइतेलाई अस्पतालमा गएर भेटेका छन् ।

नेता निधि जिल्ला अस्पताल पुगेर घाइते वडाध्यक्ष रामनरेश महतो र गोली लागेर घाइते अन्य कांग्रेस कार्यकर्तालाई भेटेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाको निर्देशन अनुसार घटनाबारे बुझ्न र आन्दोलनमा सहभागी हुन उपसभापति निधि सर्लाही सदरमुकाम मलंगवा पुगेका छन् ।

निधिसँगै घाइतेलाई भेट्न केन्द्रीय सदस्य आनन्द ढुंगाना, प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह, राष्ट्रियसभा सदस्य जितेन्द्र देव, प्रदेश संसदीय दलका नेता रामसरोज यादव, पूर्वमन्त्री महेन्द्र यादव अस्पताल पुगेका थिए । २ नम्बर प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका कांग्रेस सभापति पनि मलंगवा पुगेका छन् ।

अस्पतालमा घाइतेलाई भेटेपछि कांग्रेसले सदरमुकाममा प्रदर्शन गर्ने र जिल्ला प्रशासन कार्यालयमार्फत् ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ । मृतकलाई शहीद घोषणा गर्नुपर्ने, दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्नुपर्ने लगायतका माग कांग्रेसले राखेको छ ।

salt training

कमेन्ट गर्नुहोस्