![विदेशी बाटो बिर्साउने कोटेश्वर–कलंकी सडक [फोटो फिचर]](https://lktcdn2.prixacdn.net/media/Satdobato_kalanki_road_cover_F9Q8KRF4jc.jpg)
काठमाडौं–कलंकी–कोटेश्वर आठ लेनको सडक सञ्चालनमा आएकोे छ । कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको १० दशमलव ३७ किलोमिटर सडक स्तरोन्नतिको काम सकिएपछि सञ्चालनमा आएको हो ।
सडक चीन सरकारको सहयोगमा साङ्घाइ कन्स्ट्रक्सनले सन् २०१२ डिसेम्बरमा निर्माण शुरु गरेको थियो ।
त्यसबीचमा भूकम्प, नाकावन्दीजस्ता कारण देखाउँदै आयोजनाले काम केही समय ढिलो सपन्न भएको हो ।

मुख्य सडक (बीचको सडक)मा प्रतिघण्टा ५० किलोमिटरको गतिमा सवारी चलाउनुपर्नेछ । यस्तै रिलिफ रोड (साहयक सडक)मा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउन सकिने बताइएको छ ।
यस सडकखण्ड अन्तर्गत ८ सय मिटरको कलंकीमा अन्डरपास पनि छ । यो अन्डरपास पनि सन्चालनमा आएको छ ।



















