
काठमाडौं – एलजीले ७५ इन्चको यूएचडी टीभी नेपाली बजारमा ल्याएको छ ।
टीभीमा आधुनिक र आकर्षक विशेषता रहेको कम्पनीले जनाएको छ । टीभीले सुव्यवस्थित अनुभव प्रदान गर्छ र प्रयोगकर्तालाई दैनिक कार्यहरू व्यवस्थापन गर्न अनुमति दिन्छ ।
‘माइक्रो बटन थिच्नुहोस् र सूचनाको लागि सोध्नुहोस्, जस्तै मौसमको पूर्वानुमान, अन्तिम स्पोर्ट् अंकहरू ‘गुगल एसिस्टेन्ट’को मद्दतले तपाईले आफ्नो आवाजले टीभीलाई नियन्त्रण गर्न सक्नुहुनेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
टीभीको नेपाली बजारमा ९ लाख ४० हजार ९ सय ९० रुपैयाँ मूल्य रहेकोमा तिहार तथा छठको अवसरमा भारी छुट र एलजीको एसजे ४ स्पीकर उपहार स्वरुप कम्पनीले प्रदान गरको छ ।