३२ असार २०८३, बिहीबार

अस्पताल पुगेर सभामुखद्वारा पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाबारे जानकारी

कात्तिक १४, २०७५
अस्पताल पुगेर सभामुखद्वारा पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाबारे जानकारी

काठमाडौं – सभामुख कृष्णबहादुर महरा आज थापाथलीस्थित नर्भिक अस्पताल जानु भई त्यहाँ उपचाररत वरिष्ठ मानवअधिकारकर्मी एवं पूर्वमन्त्री पद्मरत्न तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभयो । 

न्युरो अस्पतालबाट तुलाधरलाई मङ्गलबार रिफर गरी नर्भिक अस्पतालमा लगिएको थियो । सो अस्पतालका चिकित्सकद्वय आरके अग्रवाल र राजीव झालगायतका समूह उहाँको उपचारमा संलग्न हुनुहुन्छ । 

सो अवसरमा सभामुख महरालाई उपचारमा संलग्न चिकित्सकले तुलाधरको स्वास्थ्य अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । 

उपचारमा कुनै कमी हुन नदिन सो अवसरमा सभामुख महराले चिकित्सकसँग आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको सभामुख महराको निजी सचिवालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्