३० जेठ २०८३, शनिबार

सुडानी विद्रोही नेता फर्किए, गृहयुद्धमा भएकाे थियाे सामूहिक 'वलात्कार' देखि सेनामा जबर्जस्ती भर्तीसम्म

कात्तिक १४, २०७५
सुडानी विद्रोही नेता फर्किए, गृहयुद्धमा भएकाे थियाे सामूहिक 'वलात्कार' देखि सेनामा जबर्जस्ती भर्तीसम्म

सुडान– दक्षिण सुडानका विद्रोही नेता रीक माचर शान्ति सम्मेलनमा भाग लिन बुधबार दुई वर्षपछि राजधानी जुबामा आइपुगेका छन् । सन् २०१६ को जुलाईमा विदेश पलायन भएयता माचर दक्षिण सुडान फर्कनु भएको थिएन । 

जुबामा स्थानीय समय अनुसार बिहान ९.३० बजे उत्रिएका माचरलाई राष्ट्रपति साल्भा कीरले स्वागत गर्नुभएको थियो । कुनै समय परस्पर सहयोग रहेका दुबै नेताबीच पछिल्लो समय तिक्तता छ । 

दुबै नेताले एक कार्यक्रममा सहभागी भई हालैको शान्ति सम्झौतालाई स्वागत गर्ने कार्यक्रम रहेको छ । गत सेप्टेम्बरमा इथियोपियाको राजधानी आदिस अबाबामा शान्ति सम्झौतामा हस्ताक्षर भएको थियो । 

विद्रोही नेता माचर जुबामै रहनु हुन्छ वा हुन्न भन्ने अझै स्पष्ट भइसकेको छैन । उहाँका सहयोगीले सहरमा सुरक्षा व्यवस्थाका बारेमा चासो प्रकट गरेका छन् । 

यसअघि जुबा आउने भनिएका माचरका निजी सुरक्षाकर्मी र हातहतियारको विषयमा टुङ्गो नलाग्दा अन्तिम समयमा भ्रमण स्थगित भएको थियो । माचरका प्रवक्ता लाम पल गाब्रियलले माचरसँग करिब ३० जना राजनीतिक नेताहरु पनि हुने बताउनुभएको छ । 

दक्षिण सुडानमा कीर माचरबीचको खटपटका कारण डिसेम्बर २०१३ मा गृहयुद्ध शुरु भएको थियो । जातीय स्वरुप धारण गरेको यो गृहयुद्धमा सामूहिक बलात्कार, सेनामा बालबालिकाको जबर्जस्ती भर्ती तथा नागरिकमाथि आक्रमणहरु भएका थिए । विश्वमै यसलाई पछिल्लो सबैभन्दा ठूलो मानवीय सङ्कटका रुपमा लिने गरिएको छ । 

दक्षिण सुडानले २२ वर्षसम्मको गृहयुद्ध पश्चात सन् २०११ मा स्वतन्त्र राष्ट्रको मान्यता प्राप्त गरेको थियो । 
गृहयुद्ध समाप्त गर्नेक्रममा धेरैवटा युद्धविराम र शान्ति सम्झौता भए पनि सुडान युद्धका कारण करिब ३ लाख ८० हजार मानिसको मृत्यु भएको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्