१६ असार २०८३, मंगलबार

‘सरकारको लोकप्रियता घटेको छैन’

कात्तिक १४, २०७५
‘सरकारको लोकप्रियता घटेको छैन’

विराटनगर- उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले वर्तमान सरकारको लोकप्रियता नघटेको बताएका छन् ।

विमानस्थलमा आज  सञ्चारकर्मीहरुसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले जनताले दिएको जनादेशअनुसार सरकारले काम गरिरहेकाले यसको लोकप्रियतामा कुनै कमी नआएको प्रस्ट पारे  ।
 सरकारले चिनीको बिक्री मूल्य रु ७० तोकेको हुनाले सोही अनुसार उपभोक्तालाई खरीद गर्न आग्रह गर्दै कहीँ कतै उक्त मूल्यभन्दा बढीमा बिक्री भएको पाइए कारवाही हुने उनले बताए । 

उपभोक्ता, किसान र उद्योगीहरुसँगको छलफलपछि नै सरकारले चिनीको खुद्रा मूल्य रु ७० कायम गरेको उनको भनाइ थियो । 
मन्त्री यादवले कालाबजारी र गलत कार्य गर्ने ठेकेदारलाई सरकारले कारवाही गरेको उल्लेख गर्दै सञ्चार माध्यमलाई सत्यतथ्य समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । 
 विगतमा बजार अनगुमन कार्य नभएकाले अब केही दिनभित्र ग्रामीण क्षेत्र र साना शहर–बजारको समेत अनुगमन हुने उनले जानकारी दिए । रासस

salt training

कमेन्ट गर्नुहोस्