०३ साउन २०८३, आइतबार

कमल थापाले भने– पार्टी एकता छिट्टै हुन्छ

कात्तिक १४, २०७५
कमल थापाले भने– पार्टी एकता छिट्टै हुन्छ

सिरहा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले छिट्टै पार्टी एकता हुने बताएका छन् । 
 सिरहाको मिर्चैयामा आज आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष थापाले फुटका कारण पार्टी कमजोर भएको भन्दै सबैलाई एकजुट बनाएर छिट्टै बलियो एकीकृत पार्टी निर्माण हुने बताए । 

कतिपय नेताहरुको हठका कारण पार्टी अलग–अलग भएको भन्दै उनले राष्ट्रलाई विखण्डन र सर्वसत्तावादबाट जोगाउन पार्टी एकता अपरिहार्य रहेको उल्लेख गरे । 
 केही दलका नेताहरुले व्यक्तिगत स्वार्थसिद्ध गर्न देशलाई धर्मनिरपेक्ष बनाएको आरोपसमेत अध्यक्ष थापाले लगाए । 
देशमा सङ्घीयता आए पनि जनताले महसुस गर्न नसकेको भन्दै उनले सरकारले जनअपेक्षा अनुसारको काम गर्न नसकेको टिप्पणी गरे । 

salt training

कमेन्ट गर्नुहोस्