०२ असार २०८३, मंगलबार

क्रसर र टिपरमा प्रहरीकै लगानी,  डीआईजीकाे समेत ज्यान गएकाे मण्डनदेउपुर दुर्घटना शंकास्पद

कात्तिक १५, २०७५
क्रसर र टिपरमा प्रहरीकै लगानी,  डीआईजीकाे समेत ज्यान गएकाे मण्डनदेउपुर दुर्घटना शंकास्पद

 काभ्रे - मण्डनदेउपुर नगरपालिका–६, भांगेटारमा भएको सवारी दुर्घटनामा नेपाल प्रहरीका बहालवाला नायब महानिरीक्षक (डीआईजी) सुशीलकुमार भण्डारीको मृत्युपछि नयाँ विषयको रहस्योद्घाटन भयो, उनको ‘अवैध लगानी’ । 

एक महिनाको बिदा स्वीकृत गराएर विदेश जाने तयारीमा रहेका उनी अघिल्लो दिन आफ्ना ‘व्यावसायिक साझेदार’ सँग नयाँ व्यवसायमा लगानी गर्न काभ्रेको मण्डनदेउपुर पुगेका थिए । तर त्यहीं उनको जीवनकै अन्त्य भयो । काभ्रे प्रहरीलाई सुइँको समेत नदिई पुगेका उनी दुर्घटनामा पर्दासमेत प्रहरीलाई ‘डीआईजी’ हुन् भन्ने जानकारी भएन ।

डीआईजी भण्डारीसहित ३ जनाको ज्यान जाने गरी भएको दुर्घटना ‘शंकास्पद’ भएको भन्दै प्रहरीले अनुसन्धान थालेको खबर अाजकाे कान्तिपुर दैनिकमा छापिएकाे छ । 
 

salt training

कमेन्ट गर्नुहोस्