१९ असार २०८३, शुक्रबार

चोरी मुद्दामा फरार अभियुक्त पक्राउ

कात्तिक १५, २०७५
चोरी मुद्दामा फरार अभियुक्त पक्राउ

बाँके- राजापुर इलाका प्रहरी कायलयको टोलीले कैद सजाय तोकिएका एक फरार अभियुक्तलाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–१ हिमालीपुर बस्ने २३ वर्षीय डोरबहादुर घर्तीलाई जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै एक महीना १५ दिन कैद र रु ९५ हजार ४०० जरिवाना तोकेको थियो ।

धरौटी बुझाए पनि कैद सजाय भुक्तान नगरी फरार उनलाई प्रहरीले राजापुर नगरपालिका–१ हिमालीपुर सोनपुरबाट सुराकीको सहयोगमा पक्राउ गरी अदालतमा बुझाएको उक्त कार्यालयका प्रहरी नायब निरीक्षक जयप्रकाश भट्टले जानकारी दिनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्