२७ असार २०८३, शनिबार

राजनीतिमा लागेका रवीन्द्र मिश्रलाई शुभेच्छाको ओइरो

कात्तिक २०, २०७४
राजनीतिमा लागेका रवीन्द्र मिश्रलाई शुभेच्छाको ओइरो
काठमाडौं, १७ फागुन - बिबिसी नेपाली सेवाको जागिर छोडेर राजनीतिमा प्रवेश गर्ने घोषणा गरेर रवीन्द्र मिश्रप्रति धेरैले शुभेच्छा प्रकट गरेका छन् । मिश्रले आज बिबिसी नेपाली सेवा छोडेर राजनीतिमा लाग्ने घोषणा सहितको विज्ञप्ती जारी गरेका थिए ।

उनले लामो समयदेखि काम गरिरहेको संस्था बिबिसी छोडेर राजनीतिमा लागेका हुन् । उनले देश बनाउने अठोटका साथ आफू राजनीतिमा लागेको र नाँडैनै दल दर्ता गरेर अघि बढ्ने बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुक तथा टुईटरमा मिश्रलाई धेरैले शुभकामना दिएका छन् । अहिले भइरहेका राजनीतिक दलबाट देशको विकास हुन नसक्ने सोचका साथ मिश्र राजनीतिमा होमिएका हुन् ।

अहिले दिउँसो ४ बजे बिबिसी नेपाली सेवाको फेसबुक पेज मार्फत उनले बिबिसीमा काम गर्दाको अनुभव र आगामी योजनाको बारेमा बताउँदै छन् । बिबिसीले भिडियो लाइभबाट मित्रश्रलाई प्रस्तुतत गर्दै छ ।

salt training

कमेन्ट गर्नुहोस्