१९ असार २०८३, शुक्रबार

सैफ अली खानका लगातार पाँच फिल्म फ्लप, निर्माता भाग्न थाले

कात्तिक २०, २०७४
सैफ अली खानका लगातार पाँच फिल्म फ्लप, निर्माता भाग्न थाले
काठमाडौं, १७ फागुन — सैफ अली खानले खेलेका पछिल्ला पाँच फिल्म लगालग फ्लप भएपछि उनलाई फिल्ममा लिन निर्माताहरू हिचकिचाउन थालेका छन् । अस्ति शुक्रवार आएको उनको फिल्म रंगून पनि पूरै फ्लप भयो ।


शाहिद कपूर र कंगना रनावतले समेत फिल्मलाई बचाउन सकेनन् । अनि विशाल भारद्वाजको नाम पनि बिकेन ।

यो फिल्मबाट सैफको करीयर माथि जाला भन्ने ठूलो आशा थियो तर उनलाई देखेर निर्माताहरू भाग्न थालेका छन् ।

हुन पनि सैफका पछिल्ला सबै फिल्म साह्रै नराम्रो गरी फ्लप भए । बुलेट राजा, ह्याप्पी एन्डिङ, फ्यान्टम र हमशकल्स सबै पानी पनि पिउन नपाई बक्स अफिसमा पछारिए ।

यही बेलामा विशालले सैफलाई रंगूनको अफर गरे । पहिला ओंकारामा सँगै काम गरेकाले उनले सैफलाई चुनेका थिए । तर बलिउडलाई नै चक्मा दिनेगरी रंगून सुपरफ्लप भयो ।

पहिलो दिन नै शो क्यान्सल हुनेगरी पो फिल्म फ्लप भयो । स्टारको पावरले बक्स अफिसमा दर्शक तान्ने हो तर सैफको पावर नै हराएको देखिन्छ । अब सैफको हिरोका रूपमा करीयर लगभग समाप्त भएको मानिएको छ ।

हुन त सैफ कहिले पनि सुपरस्टार थिएनन् । उनको सोलो फिल्म कुनै पनि बक्स अफिसमा आगो लगाएनन् । उनले अब फिल्म निर्माणमा हात हालेर पर्दामा देखिने लोभ लुकाउनु नै उचित देखिन्छ ।

वेबदुनिया डट्कमबाट

salt training

कमेन्ट गर्नुहोस्