१८ असार २०८३, बिहीबार

यी पाकिस्तानी अभिनेता जो नेपालमा आएर ‘पण्डित’ बने !

कात्तिक १५, २०७५
यी पाकिस्तानी अभिनेता जो नेपालमा आएर ‘पण्डित’ बने !

नेपालमा हिन्दू–मुस्लिम तनावमा आधारित हलिउड (अंग्रेजी) फिल्म ‘द म्यान फ्रम काठमाडौं’ को शुटिङ पूरा भएको छ र आगामी महिना रिलिज हुने तयारीमा छ । 

यस फिल्ममा हिन्दू पण्डित बनेको भूमिकामा छन् पाकिस्तानका चर्चित अभिनेता हमीद शेख तथा मुसलमानको भूमिकामा छन् यसका साथै बलिउड अभिनेता गुलशन ग्रोवर पनि  । 

हमीद शेखको सम्बन्ध बलूचिस्तानसँग छ । उनी पीटीवी क्वेटासँग जोडिएका थिए । यसका अलावा फिल्म मोरमा उनले मुख्य भूमिका निभाएका थिए । जबकी फिल्म ‘अल्लाहके लिए’ मा पनि उनले मुख्य भूमिका निभाएका छन् । 
उनका अनुसार राम्रो अभिनेताले यस्ता हरेक भूमिका निभाउनु पर्छ जसलाई उसले पहिला ननिभएको होस् । 

उनले भने‘ फिल्म मोरमा पण्डितको भूमिका निभाउनका लागि मलाई धेरै मिहेनत गर्न परेन, हामीमा बलिउड फिल्मका धेरै असर देखिएको छ । मेरा कयौं साथी छन् जो हिन्दू धर्मसँग सम्बन्ध राख्छन् ।’

हमीद शेखका अनुसार उनको वाल्यका अन्तर धार्मिक माहोलमा भएको हो । जसका कारण मुस्लिम भएर पनि पण्डितको भूमिका निभाउनका लागि सहज भएको हो । 

‘क्वेटामा मेरो घरको एक तर्फ हिन्दू मन्दिर छ दोस्रो तर्फ पारसिहरुको कोलोनी रहेको छ त्यस्तै घरको पछिल्लो भाग तर्फ अहमदिहरुको एकमात्र र्ध स्थल छ जसलाई मैले बाल्यकालदेखि नै देख्दै आएको हुँ’

फिल्मका निर्देशक नेपाली

हमीद शेखका अनुसार ‘द म्यान फ्रम काठमाडौं’ को कथा एक मुसलमान युवकमा आधिरत छ जो अमेरिकाबाट नेपाल आएर आफ्ना पिताको विरासतको खोजी गरिरहेको छ । यस बीचमा उनी एक मुलसमान नेताका नजिक पुग्छन् । जसको भूमिकामा गुलशन ग्रोवरले निभाएका छन् । 

त्यसलाई उसले राजनीतिक रुपमा प्रयोग गर्न चाहन्छन् र यसमा असफल हुन्छन् । 

हमीद भन्छन्, ‘यस बीचमा मेरो मुस्लिम नेतासँग मुठभेड हुन्छ, म एक हिन्दू नेता हुँ, पण्डित  हुँ र धर्म नै मेरा शक्ति हो ।’

यस फिल्मका निर्देशक पेमाको सम्बन्ध नेपालसँग छ । उनको परिवार तिब्बतबाट नेपाल आएका थिए । जबकि पेमाले अमेरिकामा शिक्षा हासिल गरिन् र त्यही आफ्नो फिल्म कम्पनी दर्ता गरिन् । 
गुलशन ग्रोबर उनका बारेमा भन्छन् ‘यो फिल्म पेमा ढोढूप स्वयंले लेखेकी हुन् र उनी मेरी साथी हुन् ।’

उनी भन्छन्,‘ म आफ्ना कामलाई निकै महत्व दिन्छु, यसका साथसाथीलाई निकै महत्व दिन्छु । पेमा मेरो साथी हुन् र यस फिल्मको शुटिङका लागि समय मिलिरहेको थिएन साथसाथै दाह्री पनि पाल्नु थियो तर सबै ठिक भयो ।’

‘द म्यान फ्रम काठमाडौं’ अमेरिकाका अलावा भारत तथा नेपालमा रिलिज हुनेछ । हमीद शेखले पाकिस्तानमा पनि यसको प्रदर्शनको कोशिश भइरहेको जनाए । तर पाकिस्तानमा व्यवसायिक फिल्म मात्र चल्ने गरेको कारण समस्या उत्पन्न भएको उनको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्