२८ जेठ २०८३, बिहीबार

८ सुन्दर तस्वीरमा हेर्नुस् गर्भवती महिलाको फोटोसुट

कात्तिक २०, २०७४
८ सुन्दर तस्वीरमा हेर्नुस् गर्भवती महिलाको फोटोसुट
काठमाडौं,१७ फागुन– प्रायः गर्भवती महिलाहरू घरबाहिर निस्कन अप्ठ्यारो मान्छन् । खासगरी कुनै समारोह वा कार्यक्रम उपस्थित हुन उनीहरु हिचकिचाउँछन् ।

कोही खराब हेराईबाट बच्न बाहिर निस्कन मान्दैनन् भने कोही बच्चाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने डरका कारण पनि बाहिर हिँडडुल गर्दैनन् ।
यसैमा फोटोग्राफरले एक भारतीय गर्भवती महिलालाई विभिन्न तीन देवीको स्वरुपमा फोटोसेसन गरेका छन् । जसमा सुन्तर मातृत्वको झलक देख्न पाइन्छ ।

३२ बर्षीया ब्यूटी ब्लगर प्रिया मलिकले उक्त मातृत्व झल्किने फोटोसुट गराएकी हुन् । यसको लागि उनले नयाँ प्रयोग गरेकी छिन् । उनले तीन हिन्दू देवीहरू लक्ष्मी, सरस्वती र दुर्गाको स्वरुपमा फोटोसुट गराएकी हुन् ।

गर्भवती महिलालाई लिएर हुने नकारात्मक रुढीवादी टिप्पणीलाई हटाउने उदेश्यका साथ उनले त्यस्तो फोटोसुट गराएकी हुन् । प्रायः गर्भवती महिलाहरु आफ्नो पेटलाई लुगाले छोपेर हिँड्ने गर्छन् ।


प्रियाले परम्परागत पहिरनमा सजिएर निकै सुन्दर फोटोसुट गराईन् । उनले ३ देवीको अवतारमा फोटोसुट गराउनुका पछाडी ती देवीले आफ्नो बच्चाको रक्षार्थ संघर्ष गरेको मान्यता छ । उनको यो तस्वीरहरू सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । दैनिक भास्कर




salt training

कमेन्ट गर्नुहोस्