२९ जेठ २०८३, शुक्रबार

शाहरुख खानको नयाँ फिल्म जिरोको पोस्टर सार्वजनिक, छायो इन्टरनेटमा

कात्तिक १५, २०७५
शाहरुख खानको नयाँ फिल्म जिरोको पोस्टर सार्वजनिक, छायो इन्टरनेटमा

काठमाडौं — बलिउडका सुपरस्टार शाहरुख खानको आगामी फिल्म जिरोको ट्रेलर सार्वजनिक हुनुभन्दा एक दिनअघि प्रशंसकहरू उत्साहित छन् । 

केही महिनाअघि आएको फिल्मको टीजरले यसप्रतिको उत्सुकता जगाएको छ । 

अहिले जिरोका केही पोस्टरहरू सार्वजनिक भएका छन् र पोस्टरले इन्टरनेटमा आगो लगाएको छ । 

जिरोमा शाहरुखसँग अनुष्का र कट्रिना पनि छन् । पोस्टरमार्फत उनीहरूको फर्स्ट लूक सार्वजनिक भएको छ । 

एक पोस्टरमा शाहरुखसँग अनुष्का शर्मा ह्वीलचेयरमा बसेको देखिन्छ अनि अर्को पोस्टरमा शाहरुख र कट्रिना चुम्बन गर्नै लागेका देखिन्छन् । 

यी दुवै पोस्टरले कट्रिना र अनुष्काको चरित्रका बारेमा धेरै जानकारी दिन्छन् । अनुष्का ह्वीलचेयरमा बसेकाले उनी शारीरिक रूपमा कमजोर जस्ती लाग्छिन् भने कट्रिनाले फिल्ममा ग्ल्यामर ल्याएको हुनुपर्छ । 

जिरो फिल्मलाई आनन्द एल रायले निर्देशन गरेका हुन् । फिल्मको ट्रेलर शाहरुखको जन्मदिन अर्थात् नोभेम्बर २ मा सार्वजनिक हुनेछ ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्