
सुर्खेत– जिल्ला प्रहरी कार्यालय सुर्खेतले झण्डै दुई लाख नगदसहित १३ जना जुवाडे पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार प्रहरीले जुवाखालबाट १५ हजार सात सय र जुवाडेहरूबाट एक लाख ६४ हजार चार सय ४० गरी जम्मा एक लाख ८० हजार नगद बरामद गरेको हो ।
सुर्खेतको लेकबेसी नगरपालिका– ४ दशरथपुरमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले गएराति उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा लेकबेसी –३ का टोपबहादुर पौडेल, टीकाराम राना, सुरेन्द्र पौडेल, उमेष वली, अनुभव बस्नेत, विनोद शाही, अमर थापा, ललित सुनार, छवी पौडेल, हर्क विक, खगेन्द्र विर्कट्टा, टोपेन्द्र वली र राजन कार्की रहेका छन् ।
पक्राउ परेका १३ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बतायो ।